सुदुरपश्चिम प्रदेश सरकार संकटमा

धनगढी । नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । पछिल्लो राजनितिक समिकरणको प्रभाव सुदुरपश्चिममा पनि पर्ने देखिएको हो ।

हिजो मात्र नेकपा एमालेका दुई शिर्ष नेताबिचको छलफल सहमति नजिक पुगेसँगै सुदुरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको ढोका खुलेको छ ।

५२ जना सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन्। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ‘जसपा’का २ जना सांसद छन् । जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका छन् ।

एमालेभित्रको विवादका कारण असन्तुष्ट एमाले र माओवादीको गठबन्धनपछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो। तर अहिले एमाले एक भएसँगै वर्तमान सरकारको विकल्प खोज्ने सम्भावना बढेको हो ।

प्रदेश सरकार गठन गर्न २७ जना सांसद आवश्यक पर्छ। एमालेको २५ र जसपाका २ जनासहितको सरकार बन्नेमा एमालेका सांसदहरू ढुक्क छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker