
पाँचथर । पाँचथरको फिदिम नगरपालिका– ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडेर मृत्यु भएको छ ।
गएराति १ बजे आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडेर गम्भिर घाईते भएका राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।