पत्रकार महासंघद्वारा कोरोना नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीमा मानवीय क्षति रोक्न सम्पूर्ण शक्ति प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ ।

अध्यक्ष पोखरेलले अक्सिजन, अस्पतालमा शय्याका साथै भरपर्दो उपचार उपलब्ध गराएर संक्रमितको जीवन रक्षाका लागि अपिल गर्नु भएको छ । अक्सिजन र सहयोगी औषधिको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउने अवस्था रहेकाले मानव जीवन रक्षाका लागि विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि अधिकांश जिल्लामा लगाइएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएका परिवारका लागि राहत प्याकेज ल्याउन समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना संक्रमणले निम्तिएको दुखद घडीमा आचार संहिताको पालना गरी अझ शसक्त ढंगले कमल चलाउन आम सञ्चारकर्मीलाई महासंघले आग्रह गरेको छ । कोरोनाबाट जोगिन र संक्रमितको मनोबल बढाउन मद्दत पुग्ने र राज्य पक्षलाई अझ जिम्मेबार बनाउने गरी दह्रो रुपमा कलम चलाउनु अहिलेको आवश्यकता रहेकाले विज्ञप्तीमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker