एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिचको वार्ता शुरु

काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।

केहिबेर अघि प्रधानमन्त्रीको कार्यकक्षमा शुरु भएको वार्ताले विवाद समाधानका निम्ति कार्यदल गठन गर्ने सम्भावना रहेको छ । ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने सहमति भएको छ ।

त्यहि सहमति अनुशार दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्न कार्यदल गठन गर्ने सम्भावना रहेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker