पार्टी विवाद मिलाउन एमालेका १० नेतालाई जिम्मेवारी

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन १० सदस्सिय समिति बनाइएको छ । आज भएको एमाले अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वाताले दुई समूहका ५/५ जना रहनेगरि १० सदस्सिय समिति बनाइएको हो ।

समितिमा वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ । भने अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ ।

यो समितिलाई विभिन्न पक्षसँग वार्ता र छलफल गरि तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्न समयसीमा दिइएको नेता नेपालले बताउनुभयो ।

यद्यपी समय अपुग भएको भन्ने गुनासो आएकाले आवश्यकता अनुशार थप गर्न सकिने उहाँले जानकारी दिनुभयो । दुई नेताबिचको भेटमा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको नेता नेपालले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker