स्पेनले नेपाललाई स्वास्थ्यसामाग्री सहयोग गर्दै

काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न स्पेनले पनि नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने जानकारी दिनुभएको उल्लेख गर्नुभएको छ ।

राजदूत शेर्पाले ट्वीटमार्फत महामारविरुद्ध लड्न स्पेनले सघाउन लागेको जानकारी दिनुभएको छ । दुतावासस्रोतका अनुशार राजदूत शेर्पा र स्पेनी अधिकारीहरु अत्यावश्यकीय स्वास्थ्यसामाग्री लिएर बुधबार काठामाडौं आउने भएका हुन् ।

स्पेनी सरकारले आफै ल्याउने चाटर्ड विमानमा स्वास्थ्यसमाग्री ल्याइने छ भने फर्कदा नेपालमा अड्किएका स्पेनी नागरिकको उद्धार गर्ने दुतावास स्रोतको भनाई छ । यद्यपी के र कति स्वास्थ्युसामाग्री सहयोग गर्ने भन्ने विषयमा भने खुलाइएको छैन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker