सम्झनामा सधैँ बाँच्नुभएका जननेता मदनकुमार भण्डारी

सन्दर्भ : मदन–आश्रित स्मृति

–रामप्रसाद पराजुली, दिल्ली

हाम्रो जीवनकालमा धेरै मानिसहरुसित सम्बन्ध हुन्छ । भेटघाट हुन्छ र समयअनुरुप वार्तालाप हुन्छ । तर केही मानिसहरुसितको भेटघाट र सम्बन्ध आदि अबिस्मरणीय हुन्छ ।

यो चाहिँ सधैँभरि मनमा रहिरहन्छ । त्यो भेटघाट र सम्बन्धले अलिक परसम्म मन तानिरहेको हुन्छ । बिचारसम्मत् भेटघाट र यसबाट स्थापित सम्बन्ध हो भने यसले मृत्युपर्यन्त एकोहोराइ रहँदोरहेछ । यस्तै–यस्तै भएको मलाई कैयौंपटक ।

यसमध्येको महत्त्वपूर्ण भेटघाट हो– जननेता मदनकुमार भण्डारीको पहिलो प्रत्यक्ष भेटघाटको ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा ‘माले’ र नेकपा ‘माक्सवादी’ को बिचमा भएको ऐतिहासिक एकिकरणपश्चात भारत प्रवासको पार्टी संगठन र यसको संगठनात्मक कामलाई एकिकृत गर्न कमरेड जीवराज आश्रित र कमरेड बलराम उपाध्याय आउनुभएको थियो ।

आफ्नो जीवनकालमा यो नै उहाँहरुसँगको मेरो पहिलो र अन्तिम बसाई ठहरियो । यो पक्ष पनि मलाई सधैँभरि सम्झनामा आइरहन्छ । उहाँसित बसेका र बिताएका अबिस्मरणीय पलहरू आफैंमा धेरै प्रेरणाप्रदायी र उर्बरक छन् ।

आफू पार्टीसम्बद्ध भारत प्रवासको कामको अगुवा ठाउँ थलोको अगुवामध्ये एकजना कार्यकर्ता भएकोले पनि पार्टीको शीर्षस्थ नेतृत्वसँग समय–समयमा भेटघाट भइरहन्थ्यो । पार्टीको कामको एउटा अत्यन्तै महत्त्वपूर्ण थलो समेत भारत प्रवास भएकोले पार्टीको शीर्षस्थ नेतृत्वको सघन आवागमन, पूर्णकालीन नेतृत्व कार्यकर्ता आधारित हुने हुनाले हामीसँगको सघन उठबस र विभिन्न विषयगत राजनीतिक मुद्धामा आधारित घरबास–प्रवास अनिवार्य थियो ।

यहि क्रममा पार्टी नेताका हैसियतले दिल्ली आउनुभएका कमरेड मदनकुमार भण्डारीसित मेरो दुइपटक भेट हुने अवसर मिल्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि यसको राजनीतिक–बैचारिक सन्देश र अबको राजनीतिक एवं रणनीतिक कार्यदिशाबारे प्रवासी नेपाली समुदायमाझ प्रशिक्षणात्मक अभियान चलाउन उहाँ राजधानी दिल्ली आउनुभएको थियो ।

सुभास उपनाउँले परिचित सि पी मैनाली र उहाँसँग कमरेड मदनकुमार भण्डारी हुनुहुँदो रहेछ, निकै पछिमात्र थाहा लाग्यो । रेल्वे मार्ग हुँदै दिल्ली आइपुग्नुभएका उहाँहरु नयाँ दिल्लीको ग्रेटर कैलाशमा बसोबास गर्नुहुने साथी पिताम्बर पोखरेलको डेरामा अबेर साँझपख, झण्डै राती आउनुभएको रहेछ । साथी पिताम्बरको खबरपछि म अर्को दिन बिहान उहाँको डेरामा पुगे ।

कमरेड सीपी मैनालीलाई म चिन्थे तर सुभासको नाउँले । उहाँसँगै रहनुभएका अर्का हेर्दैखेरी फरासिला मिजासका देखिनुहुने व्यक्तित्वलाई चिनिनँ त्यो बेला । राजनीतिक नेतृत्वसँग समकक्षी अर्को कुनै नेतृत्व नै होला भन्ने सहजै अनुमान थियो मलाई त्यो बेला पनि । मनमा कौतुहलता र असजिलो लागिरहेको थियो– कसरी चिनजान बढाउने होला १ मुसुक्क मीठो मुस्कानसहित उहाँले हात बढाउँदै हामीतिर नजिकिनुभयो । खाइलाग्दो ज्यान, जिउँढाल परेको, अग्लो मानिस तर कति स्नेहपूर्ण व्यवहार– हामीसँग हात मिलाउन सर्लक्कै तयार हुनुभयो, मनमा त्यहिंबेला जिज्ञासा उठ्यो ।

भूमिगतकाल, नेता र कार्यकर्ताबीचको आदररार्थी दूरीगत सम्बन्ध, सबै कुरा सोधिएन, उहाँले पनि परिचयको क्रममा भन्नुभएन । त्यो समयमा आजजस्तो खुलेर परिचय गर्ने कुरै हुन्थ्यो । अनुशासनको फलामे डण्डालाई हामी प्रवासी संगठकहरु आफ्नो श्रमबजारको कठिन परिश्रमकै रुपमा पालना गर्दथियौं । सँगसँगै चिया पिएर म आफ्ना काममा फर्किएँ ।

अर्को दिन बिहानै नवभारत टाइम्समा एउटा अन्तरवार्ता प्रकाशित भयो उहाँको । अनि पो थाहा भयो– हिजो भेट हुनुभएको व्यक्ति त समसामयिक विषयमा गहकिलो बिचार दिने नेकपा ९माले० का प्रवक्ता रहनुहुँदो रहेछ भनेर । यतिबेला म झस्याँङ्ग भए । हर्षले विभोर भएँ । जीवनमा एकैपटक धेरै खुशी र हर्षविभोर भएको दिन शायद त्यहीं होला जस्तो लाग्छ अहिले पनि मलाई ।

२०४७ साल कात्र्तिक २३ गते देशले शक्ति सन्तुलनमा आधारित संविधान पाएपछि उहाँ खुल्ला कार्यक्रमहरुमा देखिन थाल्नुभयो । पहिलोपटक काठमाण्डौंको विशाल जनमानसलाई गर्नुभएको सम्बोधनको अडियो पिताम्बरजीको डेरामात्र थियो । हामी समयसमयमा यसलाई सुन्ने गर्दथियौं । यसले हर्दम प्रेरणा र उर्जा प्रवाह गर्दथ्यो । दिल्ली राज्यको नेता कमरेड जीवनारायण कोइराला, रामसिंह भट्टराई, पिताम्बर पोखरेललगायत साथीहरुले फलानो दिन तपाईंले भेटघाट गर्नुभएको राजनेताको भाषण हो यो भनिरहँदा म जिल्ल पर्दथे ।

वास्तवमा आज पनि मलाई त्यो पहिलो भेटघाट र उहाँको पहिलो सार्वजनिक जनसमारोहको भाषणले राजनीतिक–सामाजिक काममा तरंग दिइरहेको हुन्छ, एकखालको रक्तसञ्चार प्रवाह गरेको हुन्छ र कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्वमा हुनुपर्ने गुणका रुपमा उसको फरासिलो र मिजासिलो स्वभाव, सदाचार, अध्ययन, चिन्तन, लगन, इमान, निष्ठा, जाँगरको कसीमा उभिएर मलाई पथभ्रष्ट हुनबाट बचाइरहेको हुन्छ ।

संविधान जारी भएलगत्तै यसमाथि आलोचनात्मक समर्थन सहितका २७ वटा बुँदागत असहमतिहरु राखेपछि राजनीतिक शिखरमा ह्वात्तै उक्लनुभएका महासचित मदनकुमार भण्डारीसित मेरो दोस्रो र अन्तिम भौतिक उपस्थिति सहितको भेटघाट भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) ले दिल्ली विश्वविद्यालयको सभाकक्षमा आयोजना गरेको एउटा कार्यक्रममा भयो ।

महिनौंपहिल्यै पिताम्बरजीको डेरामा एकछिन भेटिनुभएका उहाँले यतिबेला पनि परैबाट चिन्नुभयो, मेरो नाम लिएरै बोलाउनुभयो । यसक्रममा सामान्य गफगाफ भयो, हालचाल सोध्नुभयो । सञ्चोबेसञ्चो सोधासोध भयो । यत्तिका दिनपछि पनि त्यो भेटघाट र भेटघाटका सबै सन्दर्भहरु सर्लक्कै सम्झन सक्ने कस्तो दिव्यगुण भएको मानिस होला १ म अचम्मित भएँ । यो तिक्ष्ण क्षमता देखेर म उहाँप्रति बसिभूत भएँ । उहाँकै भएँ ।

दिन बिर्सिएँ । सन् १९९२ को में महिना थियो । दिल्लीको गर्मी, बाहिर बसिसक्नु थिएन । मध्यान्हको ठीक १ बजे कार्यक्रम आरम्भ भयो । हामी सबै सभाकक्षमा प्रवेश लियौं । यो कार्यक्रमको प्रमुख अतिथि मदनकुमार भण्डारी हुनुहुन्थ्यो । अन्तरक्रियामा आधारित दुई दिने यो कार्यक्रम आफैंमा राजनीतिक बैचारिक हिसावले निकै ओजपूर्ण थियो ।

अहिलेजस्तो प्रविधि पहुँच र प्राविधिक कुराको सर्वव्यापकता हुन्थ्यो भने कार्यक्रम अद्योपरान्त रोकर्डिङ गरिन्थ्यो होला १ यो सबै त्यो बेला सम्भव थिएन । ३० वर्षपहिलेका यी सन्दर्भहरु अहिले पनि एकाएक मनसपटलमा कुँदिएका छन्, बिचारणीय छन् र दियोझैं बनेर उज्ज्यालो प्रकाश दिइरहेका छन् ।

कार्यक्रमको समापनपछि पार्टी महासचिवसित प्रवासका अगुवा नेता–कार्यकर्ताको संक्षिप्त भेटघाट छ भनेर इञ्चार्ज कमरेड सुभासले उर्दी गर्नुभयो । हामी यसै पनि भेट्न लालयित थियौं । भेटघाट भयो । मनभरि उब्जेका कतिपय प्रश्नहरु राख्न नपाउँदै तपाईंहरु यसो भन्न चाहनुहुन्छ होला भन्दै सरासर जिज्ञासा मेटाउन माहिर उहाँभित्रको त्यो विलक्षण प्रतिभाले मलाई जागिर छाडेर राजनीतिमा लाग्ने कि १ भन्ने समेत बनायो । नेतृत्वसँग यो कुरा राखें ।

हामी प्रवास आएको जागिरकै लागि हो, भएको जागिर छाडेर राजनीतिमा होमिने होइन, यहिंबीचमा समय निकालेर देश र जनताका लागि काम गर्ने हो भनेर उहाँले सल्लाह दिनुभएको बुझेंपछि जागिरको क्षेत्रमा पनि उम्दा गतिका साथ काम गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो मलाई उहाँबाट ।

दिल्ली बसाईंको तेस्रो चौथो दिन, तत्कालीन पार्टीका भारत प्रवास नेता केशवलाल श्रेष्ठ, जीवनारायण कोइरालाका साथ म पनि भएर हामी एकजना भारतीय नेतालाई भेट्न उहाँको अफिसमा गयौं । यो भेटघाटपछि जोशले भरिएका यी हातहरु मिलाएर म उहाँहरुबाट बिदा भएँ । त्यो मीठो मुस्कानले अहिले पनि मलाई उहाँकै मुखारतिर खिँचिरहेको छ तर त्यो भेटघाट र हस्तस्पर्श अन्तिम रहेछ १ घरिघरि त भयंकर ठूलो र असह्य पीडाबोध हुन्छ– यस्तो गुणवान् व्यक्तित्वसँग कहिल्यै नभेटिने गरी हात मिलाइएको केही वर्षपछि उहाँलाई देशले नै गुमाउनु परेकोमा ।

महासचिव मदनकुमार भण्डारीको दुःखद् निधनको पक्ष अध्ययन अनुसन्धानको सुरुङभित्र नै छ होला १ यो चाँडो सार्वजनिक हुनुपर्छ । उहाँलाई भेट्न पाएका वा नपाएका सबैलाई उहाँको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादमार्फत उहाँलाई सधैँभरि सम्झिरहनुपर्छ । उहाँको पार्टी अहिले यतिबेला सरकार सञ्चालनको क्रममा छ । जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको कालजयी बिचार हो, अजेय शक्ति हो, ओजस्वी संगठन निर्माण र यसको क्रियाशीलताको आधार हो । यो समृद्धिको प्रतिक हो भन्ने कुरा व्यवहारमा अनुवाद गर्न सक्नुपर्छ ।

उहाँ जननेता मदनकुमार भण्डारी जनताको बहुदलीय जनवादमार्फत एकीकृत नेपाली क्रान्तिको मार्गचित्र निर्माण गर्नमा, उहाँको सर्वव्यापी गुण र क्षमताका कारण नेपाल र नेपाली जनताको मनमनमा, नेपाली राष्ट्र र राष्ट्रियताको मुद्धामा, नेपाल र नेपालीको समृद्धिको आधारशीलामा, नेपाल र नेपालीको विशिष्ट विशेषताअनुरुपको समाजवादी मोडलको अर्थ–सामाजिक संरचना निर्माणमा देखिनुपर्छ । यसतर्फ नेकपा ९एमाले० नेतृत्वको सरकारलाई सफलता मिलोस्, जननेता मदनकुमार भण्डारीबाट यसका निमित्त प्रशस्तै प्रेरणा लिन सकिन्छ । शुभकामना सहित २८ औँ मदन–आश्रित स्मृतिको अवसरमा अश्रुभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker