मोटरसाईकलको ठक्करले पैदल यात्रीको मृत्यु

मोरङ । बुढीगंगा गाउँपालिका ३ गोकुवाचोकस्थित कोशी राजमार्गमा मोटरसाईकलको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय बालकुमार बस्नेतको मृत्यु भएको हो ।

उत्तरबाट दक्षीणतर्फ जाँदै गरेको प्र१–०२–०४५प ६०८७ नम्बरको मोटरसाईकलको ठक्करले घाईते बस्नेतको बिराट मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी पनि घाईते हुनु भएको छ । उहाँको पनि विराट शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker