उपचारमा ढिलाई भएको भन्दै विराट शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका स्थित विराट शिक्षण अस्पतालका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । गएराती अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण भएको अस्पतालले जनाएको छ । अस्पतालका फोकल पर्सन सुनील देवले घटनाको पुष्टि गर्दै आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिनुभएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार उपचारका लागि भर्ना भएकी बृद्धाको उपचार ढिलो भएको निहुँमा आक्रमण भएको देखिन्छ । घटनामा सम्लग्नहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker