माओवादी केन्द्रद्वारा रतुवामाईमा मास्क र सेनिटाईजर वितरण

इटहरा । कोरना भाइरसबारे सचेत गराउँदै नेकपा माओवादी केन्द्र रतुवामाईले सर्वसाधारणहरुलाई मास्क वितरण गरेको छ । रतुवामाईको वडा नम्बर २,३,४ र ६ मा मास्क वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्र रतुवामाई नगर समितिका सचिव निलम खड्काले दोस्रो भेरियन्टको कोरोना भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस क्षेत्रका जनतालाई नगर समितिले ३ हजार मास्क र ५ लिटर सेनिटाइजर वितरण गरेको हो ।

उक्त माक्स र सेनिटाइजर खड्काले स्थानीय प्रतिनिधि महेन्द्र सोनार, मनोज शर्मा, शुक्रराज राईलगायतलाई हस्तान्तरण गर्नुभएको थियो । खड्काले यसअघि रतुवामाइका पत्रकारहरूलाई पनि स्वास्थ सामाग्री मास्क र सेनिटाईजर वितरण गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker