३१ संस्थालाई उद्योगी राउतद्धारा स्वास्थ्यसामाग्री वितरण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा १ नं. प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले विभिन्न संघ संस्थालाई स्वास्थ्यसामाग्री प्रदान गर्नुभएको छ ।

विभिन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरुलाई ४७ हजार ५ सय थान मास्क र ९५ लिटर सेनिटाइजर वितरण गर्नुभएका राउतले नेपाल पत्रकार महासंघका जिल्ला र प्रदेश समितिलाई पनि १ हजार ५ सयका दरले मास्क प्रदान गर्नुभएको हो ।

उद्योग वाणिज्य प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी ‘श्याम’ का अनुशार राउत एक्लैले हालसम्म ५० हजार ५ सय थान मास्क र ९५ लिटर सेनिटाइजर वितरण गर्नुभएको हो । राउतले भोजपुर उद्योग वाणिज्य संघलाई २ हजार ५ सय थान मास्क र ५ लिटर सेनिटाइजर उपलब्ध गउनुभएको छ ।

यसैगरि लेटाङ, संखुुवासभा, त्रियुगा, उदयपुर, दमक, उर्लाबारी, तेह्रथुम, खोटाङ, सुनसरी, धनकुटा, ओखलढुंगा, पाँचथर, इलाम, इनरुवा, विर्तामोड र ताप्लेजुङ उद्योग वाणिज्य महासंघहरुलाई दुई– दुई हजार मास्क र ५ लिटरका दरले सेनिटाइजर उपलब्ध गराएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । उहाँले अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई एक हजार थान मास्क वितरण गरिएको बताउनुभयो ।

उद्योगी राउतले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि विराटनगर महानगरपालिकालाई पीसीआर मेसिन खरिदका लागि ७ लाख र कोभिड १९ अस्पताललाई समेत आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । यस्तै प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा ११ लाख रुपैयाँ प्रदान गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker