
ओखलढुङगा । सुनकोशी गाउँपालिका १ मा सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर बिहीबार बेपत्ता भएको छ ।
स्थानीय नबिन राईको १३ वर्षीय छोरा कुशल राई बेपत्ता भएको हो । पौडी खेल्ने क्रममा नदीले बगाउँदा बेपत्ता किशोरको खोजी भइरहेको जिल्ला प्रहरी ओखलढुंगाले जनाएको छ ।
