कृत्रिम अभाव भए हामीलाई फोन गर्नुहोस : उपमेयर कार्की

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले विराटनगर महानगरपालिका भित्र कृत्रिम अभाव गरिएको पाइए तत्काल फोन गर्न नगरबासीमा आग्रह गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले महामारीका बेला उपभोग्य वस्तको अस्वभाविक मूल्यबृद्धि, कृत्रिम अभाव, कालोबजारी, गुणस्तरहीन वस्तु विक्रि वितरण वा उपभोक्ताको हित विपरीत कार्य नहोस भन्न नियमित अनुगमन भइरहेको उल्लेख गर्नुभएको छ ।

यद्यपी महामारीका बेला हुन सक्ने यस्ता गैरजिम्मेवार कार्यप्रति सजग रहँदै यस्तो कार्य गरेको वा गरिरहेको सूचना भए तत्काल फोनबाट नै जानकारी गराउन आग्रह गर्नुभएको छ ।

उहाँले उजुरी वा सूचनाको लागि आफ्नो ९८५२०४४४६६ र महानगरका नवौं अधिकृत दीपक पौडेलको ९८४१४७६०१४ मा फोन गर्न आग्रह गर्नुभएको छ । उहाँले कोरोनाको महामारीबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सुरक्षित र स्वस्थ रहन आग्रह गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker