तीन जना हुण्डी कारेबारी २३ लाखसहित पक्राउ

विराटनगर । प्रहरीले विराटनगरबाट तीन जना हुण्डी कारोबारीलाई २३ लाख नगदसहित बिहीबार पक्राउ गरेको छ । विराटनगर १३ का २५ वर्षीय श्रवण साह र ३३ वर्षीय अमृत साह सुडी र रंगेली १ बवियाबिर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी पक्राउ परेका छन् ।

विराटनगरस्थित रोडशेषचोकमा प्रहरीको सुरक्षा जाँचका क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ नगद र एनआईसी एसिया, नबिल, ग्लोबल आईएमई, मापुछ्रे बैंक, ग्रामिण विकास बैंक र न्यू लाईफ सेभिङ एण्ड क्रेडिट बैंकको चेक बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो ।

यस्तै, चौधरीको साथबाट २३ हजार नगद बरामद भएको उहाँले बताउनु भयो । दुबै जनाको अनुसन्धान गर्दै जाँदा अमृतको पनि संलग्नता देखिएकाले उनको घरबाटै नियन्त्रणमा लिएको राईले बताउनु भयो । अमृतको घरबाट दुई थान मोवाइल, नगद भौचर र डिपोजिट रसिद बरामद भएको उहाँले बताउनु भयो ।

उहाँहरुले हुण्डी कारोबारका लागि चैत महिनादेखि ह्वाटस एपबाट बिभिन्न बैंकमा रकम जम्मा गर्न लगाउने र त्यसको विवरण पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker