सरकार गठनका लागि जसपाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सरकार गठनको विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर सांसदहरुलाई बोलाइएको छैन ।

अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनका लागि कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ ।

संविधान संशोधनका लागि सहमतिले मूर्त रुप लिनसके ठाकुर र महतो पक्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुने संकेत देखिएको जसपाका नेता सुरेश मण्डलले बताउनु भयो ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत प्रस्तुत गर्ने आधार तयार गर्न १५ सांसद अपुग रहेको छ । जसपाका ठाकुर पक्षले अहिले बहुमत अर्थात् १८ जना सांसद रहेको र त्यस्कै आधारमा वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker