
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवनमा पुगेर विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरी निस्किनु भएको छ ।
ओलीले एमालेका १२१ र जसपाका १६ सांसदको हस्ताक्षरसहित आधार प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
यसैबीच, विपक्षी दलहरुका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
देउवाले प्रस्तुत गर्न लागेको आधारमा हस्ताक्षर गर्ने केही सांसदहरुले हस्ताक्षर दुरुपयोग भएको भन्दै अभिव्यक्ति दिन थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय सीमा दिनु भएको छ ।