देउवाले बुझाएको एमाले सांसदको हस्ताक्षरलाई मान्यता नदिन एमालेद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तुत गरेका आधारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बुझाएको सांसदहरुको हस्ताक्षरमा नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

देउवाले बुझाएको सांसदहरुको हस्ताक्षरमा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको पत्र राष्ट्रपति कार्यालयमा बुझाएको हो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको हुँदा एमालेका कुनैपनि सांसदको हस्ताक्षरको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

हस्ताक्षर दुरुपयोगको छानविनका साथै कारवाही प्रक्रियामा रहेकोले मान्यता नदिन राष्ट्रपति कार्यालयलाई पत्रमार्फत ओलीले आग्रह गर्नु भएको छ ।

एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईका साथै अन्य सांसदको देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा असहमति रहेको पत्रसमेत राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेको प्रतिक्रिया दिनु भएको अवस्थामा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषयमा जानकारी गराइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker