
सुजन काफ्ले दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिकाका -८ क्षेत्रपाका कोरोना सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ।
वडा कार्यालयको पहलमा क्षेत्रपा पुगेका लालिगुरास हस्पिटलका स्वास्थ्यकर्मिको टोलिले सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरेका हुन।
लालिगुरास अस्पतालका डाक्टर हरु दिलबहादुर थोकर तामाङ, सुरेन्द्र तामाङ र स्टाफ नर्स सरु जिरेलको सहयोगमा सङ्क्रमितको घरघरमा पुुुुगेर स्वास्थ्य परिक्षण गर्नुको साथै बिरामिलाइ औषधि समेत बितरण गरिएको वडा अध्यक्ष रमेश अधिकारिले जानकारी दिए।
स्वास्थ परिक्षण गरेर सङ्क्रमितलाइ आबश्यक स्वास्थ्य सामाग्री समेत बितरण गरिएको अध्यक्ष अधिकारीले जनाए ।
घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरिदिएकोमा वडा अध्यक्ष अधिकारिले स्वास्थ्यकर्मीको टोलिलाइ र लालिगुरास अस्पताललाइ विशेष धन्यवाद दिएका थिए।
