ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका ६ बद्री टोलबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय २६ वर्षीय सुमन दनुवार र दमक ५ की २१ वर्षीया समिता राई पक्राउ परेका छन् ।

ब्राउन सुगर खरिद विक्री भइरहेको विशेष सुचानाका आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker