देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसद सर्वोच्च जाने

काठमाडौ ।  राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गर्ने सांसदहरुले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्न जाने भएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधारमा पुष्टि गर्न देउवाको पक्षमा हस्ताक्षर गरेका पाँचै दलका सांसदलगायतका नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।

बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गर्ने बताउनुभयो ।

उहाँले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरिएको बताउनुभयो ।

नागरिकतासहित आइतबार १ बजे संसद् भवनमा भेला भएर सर्वोच्च जाने निर्णय भएको उहाले बताउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker