लकडाउनमा डमरुको डण्डिबियो निशुल्क हेर्न सकिने

काठमाडौं। चलचित्र डमरुको डण्डिबियो निशुल्क हेर्न ब्यवस्था मिलाइएको छ । अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित यो चलचित्र घरमै बसेर निशुल्क हेर्ने ब्यवस्था मिलाइएको हो ।

निषेधाज्ञामा दिनभर घर बस्नुपर्ने तर समय बिताउन गाह्रो हुने भन्दै दर्शकलाई सहज होस भन्ने उद्देश्यले यस्तो ब्यवस्था मिलाईको अभिनेता लामिछानेले बताउनुभएको छ । करिब तीन वर्ष अघि नै रिलिज भएको स्व. छेतेन गुरुङ्गद्धारा निर्देशित यो चलचित्रले एक समय निकै चर्चा कमाएको थियो । यो चलचित्र सिनेमा घर एपबाट सहजै हेर्न सकिनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker