संसद विघटनको निर्णय विरुद्ध प्रतिकार गर्न नागरिक अगुवाको अपिल

काठमाडौं । संसद विघटन गरि निर्वाचनमा जाने निर्णयका विरुद्धमा केहि नागरिक अगुवाहरुले प्रतिकार गर्नुपर्ने बताएका छन् । उनीहरुले संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै निरंकुशतन्त्रको आकांक्षा पुरा नहुने बताएका छन् ।

अदालतले संसद विघटनको निर्णयलाई पहिले झैँ खारेज गर्ने नागरिक अगुवाहरुको आशा छ। १० जनाले आज विज्ञप्ति जारी गर्दै यो कदमलाई जवाफदेही विहीनताको पराकाष्ठाको संज्ञा दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको हामी तीव्र विरोध गर्दछौं । अदालतले यो निर्णयलाई पहिले झैँ खारेज गरि संविधानको संरक्षण गर्नेछ भन्ने आशा पनि गरेका छौं ।’

कोरोना भाइरसको संक्रमणले जनस्वास्थ्यमा पारेको संकट र असह्य पीडासँग जुधिरहेको बेला जनताको प्राण रक्षा गर्नुको सट्टा राजनैतिक संकट उत्पन्न गरेर जनतालाई प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य परिएको विज्ञप्तीमा उल्लेख छ ।

अरुणा उप्रेती, कृष्ण प्रसाद पौडेल, पिताम्बर शर्मा, विन्दु शर्मा, दिपेन्द्र क्षेत्री, महेश मास्के, सुदिप श्रेष्ठ, शरद वन्त, श्याम श्रेष्ठ, हरी रोकाले संयुक्त विज्ञप्ति जारी गर्नुभएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker