एमालेद्वारा नेपाल र खनालसहित ११ जनालाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाललगायतका ११ जनालाई स्पष्टीकरण सोधेको छ । आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दललाई सघाएको आरोपमा स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण बुझाउन सोमबार बिहानसम्मको समय सीमा तोकिएको छ ।

पार्टीको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मिकुमारी चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोधिएको एक नेताले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker