
काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि विपक्षी गठबन्धनका दलहरू आज सर्वोच्च अदालत जाने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदरको माग दावीसहित रिट निवेदन लिएर देउवालगायतका विपक्षी गठबन्धनका शिर्ष नेताहरु सर्वोच्च अदालत जाने तय भएको हो ।
विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि हस्ताक्षर गरेका १४९ जना सांसदको अदालतमा भौतिक उपस्थिति रहने कांग्रेसका एक नेताले बताउनुभयो ।
कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा विहान ११ बजे भेला भएर सबै जना रिट निवेदनसहित अदालत जाने तयारीमा रहेको कांग्रेस नेताको भनाई छ ।