आगामी बजेटमा खोपलाई उच्च प्राथमिकता दिइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा खोपलाई उच्च प्राथमिकता दिने बताउनुभएको छ ।

उहाँले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको भन्दै प्रदेश सरकारले प्रदेशका सवै नागरिकलाई खोपको व्यवस्था गर्न पहल गरिरहेको बताउनुभयो । सबै नागरिकलाई कोभिड खोप लगाउन संघीय सरकारसँग आग्रह गरेका छौं,‘मुख्यमन्त्री राईले भन्नुभयो,‘प्रदेश सरकार सबै तवरले जुटेको छ ।’

आज करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उहाँले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता रहेकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

उहाँले करुणा फाउण्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker