लागूऔषधसहित एक जना पक्राउ

विराटनगर । कोरोना महामारीले सीमा नाका सिल रहेको अवस्थामा सीमावर्ती भारतीय बजार जोगबनीबाट लागुऔषध खरिद गरी फर्किने क्रममा विराटनगर १६ दरैयाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय ४३ वर्षीय सजजु शाहीलाई पक्राउ गरेको हो ।

उहाँको साथबाट डाइलेक्स डिई २ वोतल, निटराभेट ३० ट्याब्लेट, स्पासमो प्रोक्सियभोन प्लस ८ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी मोरङले जनाएको छ । उहाँलाई इलाका प्रहरी रानीले अनुसन्धान गरी कानूनी कारवाहीको प्रक्रिया सुरु गरेको जिल्ला प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker