रतुवामाई जेसिज विपन्नका घर–घर पुग्दै, राहत बाड्दै

प्रवेश बिष्ट,

इटहरा । मोरङको रतुवामाई नगरपालिकाका अति विपन्न परिवारलाई रतुवामाई जेसिस ले राहत वितरण शुरु गरेको छ । जेसिजले विपन्नका घर–घर पुगेर खाद्यान्न र स्वास्थ्य सामग्री वितरण थालेको हो ।

रतुवामाई जेसिज (प्र) का अध्यक्ष निलक खड्काका अनुशार विपन्न, वृद्धवृद्धा र शोकमा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञामा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको महशुष भएपछि खाद्य सामग्री उपलब्ध गराइएको उहाँको भनाई छ । जेसिजले प्रतिघर दुई हजार मुल्य बराबरको सामान सहयोग गरेको छ ।

हिजो मात्र ११ परिवारका लागि चामल , दाल ,खानेतेल, भुजा ,चिउरा , सर्फ , नुहाउने साबुन , चाउचाउ , पिठो , बिस्कुट , टुथपेस्ट ,ब्रस, मास्कलगायतका अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको रतुवामाई जेसिज (प्र) का महासचिव दिनेशकुमार बिष्टले जानकारी दिनुभयो ।

जेसिजले कम्तीमा एक सय परिवारका लागि सहयोग गर्ने बिष्टले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker