२४ घण्टामा देशभरका ७ हजार १३५ जना कोरोना मुक्त

काठमाण्डौं । बितेको २४ घण्टामा ७ हजार १ सय ३५ जना कोरोना संक्रमितहरु निको भएका छन् । यहि अवधिमा देशभरबाट ७ हजार ४ सय २५ जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार आठ सय ४६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker