सिसिएमसी प्रमुखमा पूर्वरथी शर्मा नियुक्त

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को प्रमुखमा नेपाली सेनाको पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद बैठकले शर्मालाई प्रमुखमा नियुक्त गरहेको हो ।

शर्माले कोरोना संक्रमण नियन्त्रणको योजना बनाई सरकारबाट अनुमोदन गराएर कार्यान्वयन गर्ने जिम्मेवारी पाउनु भएको छ । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न बनेको विशेष समितिको सफल नेतृत्व गर्नु भएको शर्माले अब प्रधानमन्त्री नेतृत्वको कोभिड १९ निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारीसमेत निर्वाह गर्नु हुनेछ ।

यसअघि निर्देशक समितिको नेतृत्व उपप्रधानमन्त्री इश्वर पोखरेलले गर्दै आउनु भएको थियो । जेठ ७ गते नयाँ अध्यादेश आएपछि प्रधानमन्त्री आफैले निर्देशक समितिको नेतृत्व सम्हाल्नु भएको छ । सिसिएमसी प्रमुख निर्देशक समितिको सदस्य सचिव रहने अध्यादेशमा व्यवस्था छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker