
काठमाडौं । संसद विघटनपछिको विकसित घटना क्रम बारे पूर्व सभामुखहरुसँग सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थाल्नु भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे परामर्शका लागि पूर्व सभामुखहरुलाई सापकोटाले बोलाउनु भएको हो ।
संसद विघटनको विरोधमा विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा रीट दायर गरिसक्नु भएको छ ।