नेपालसहित एसियाका पाँचदेशलाई बहराईन प्रवेशमा रोक

काठमाडौं । बहराईनले नेपालसहित एसियाका पाँचवटा देशलाई प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ संक्रमणको जोखिम भएको भन्दै बहराइनले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन जान प्रतिवन्ध लगाएको हो ।

कोरोना–भाइरसको महामारी फैलिएका देशहरुलाई ‘रेड लिष्ट’ मा राख्दै बहराइनले यी देशलाई प्रवेश गर्न नदिने जनाएको छ । आफ्ना देशका नागरिकलाई भने स–शर्त आउन दिने व्यवस्था गरेको छ ।

बहराईनका नागरिकले भने आफ्नो देश जान चाहे कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइन बस्नुपर्ने शर्त पालना गर्नुपर्नेछ । यस्तै अन्य देशबाट आउने नागरिकले खोप नलगाएको भए अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker