जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका ५ याफुमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । ९ जना बिरामी भएर अस्पताल भर्ना छन् । स्थानीय २१ वर्षीया निर्जला राई र ८ वर्षीया रोजिना राईको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर बिरामी भएका स्थानीय बुद्धबहादुर र बुद्धिमाया राई, महेन्द्र, वीरेन्द्र, शहदेव राईलगायत ९ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी संखुवासभाले जनाएको छ । बिरामीहरुमध्ये अधिकांसको मृगौला र कलेजोमा बढी समस्या देखिएको प्रतिष्ठानका चिकित्सकको भनाई छ ।

जंगली च्याउ खाएर बिरामी भएकी रोजिनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र निर्जलाको विराटनगरस्थित लाइफगार्ड होस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगलबाट च्याउ ल्याएर शुक्रबार राती सपरिवारले खाएका थिए । मध्यरातीबाट सबै जनालाई वान्ता हुन थालेपछि उपचारका लागि याफु आधारभूत स्वास्थ्य सेवामा भर्ना गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker