खोपको सहज व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री तथा कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोपको सहज व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

बालुवाटारमा बसेको निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले पालिकास्तरसम्म संक्रमितको उपचारमा कुनै किसिमको ढिलाई गर्नेले उन्मुक्ती नपाउने चेतावनी दिनु भएको हो ।

कोरोनाविरुद्धको लडाई जित्नका लागि प्रमाणित र प्रभावकारी तथा सहज रुपमा आपुर्ति गर्न सकिने कोरोनाविरुद्धको खोप जुनसुकै देशबाट भए पनि आयात गरेर आमनागरिकलाई लगाउने व्यवस्था गर्न प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री र समितिका सदस्य सचिवलाई निर्देशन दिनुभएको छ ।

सिसिएमसीलाई कोरोनाविरुद्ध सहज र छिटो छरितो ढंगले काम गर्न आवश्यक जनशक्ती लगायतको सहयोग सरकारबाट प्राप्त हुने उहाँले बचन दिनुभयो ।

कोरोना संक्रमित, उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायतका कर्मचारी, औषधी तथा उपकरण हेरकको अवस्थाको चुस्तदुरुस्त तथ्यांक राखेर त्यही अनुसार योजना बनाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker