सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिटमा आजबाट सुनुवाइ सुरु गर्ने भएको छ । संसद विघटनविरुद्ध अन्तरिम आदेशको माग गर्दै १९ वटा रिट निवेदन सर्वोच्चमा दायर भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने प्रस्तुत गरेको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै जनामध्ये कसैको पनि आधार पुष्टि नभएको निर्णय गर्नु भएको थियो ।

उहाँको निर्णय लगतै मन्त्रिपरिषदको निर्णय अनुसार गरिएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker