
काठमाडौं । बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावले आगामी तीन दिन मुलुकका विभिन्न भागमा आंशिक तथा भारी वर्षा हुने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाको सम्भावना छ ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदलीका साथै कर्णालीबाहेकमा वर्षा भइरहेको महाशाखाले जनाएको हो ।
देशभरिका बिभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना रहेकाले सचेत रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा नदी किनारमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सर्न जिप्तीमार्फत अनुरोध गरेको छ ।
यस्तै पर्वतारोहण टोलीलाई तत्काल फिर्ता बोलाउन पनि प्राधिकरणले सरोकारबाला निकायलाई अनुरोध गरेको छ ।