संवैधानिक र कानुनी मर्यादाभित्र प्रदेश सरकारले बजेट ल्याउँछ : मन्त्री कार्की 

विराटनगर । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले संवैधानिक र कानुनी मर्यादाभित्र रहेर बजेट ल्याउने बताउनुभएको छ । यद्यपी उहाँले पूर्व बजेट माथिको छलफल गर्न भने कठिन रहेको बताउनुभयो ।

‘कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले अहिले सरकारको ध्यान त्यसकै नियन्त्रणमा केन्द्रित छ,’ उहाँले भन्नुभयो,‘ यहि अवस्थामा तयारी गर्न पनि कठिन भएकाले पूर्व बजेट छलफल हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।’

उहाँले पूर्व बजेट छलफल गर्नैपर्ने संवैधानिक तथा कानूनी बाध्यता पनि नभएको स्पष्ट पार्नुभएको छ । यद्यपी मन्त्री कार्कीले सरकारले बजेट तथा वर्षे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी रहेको बताउनुभएको । यद्यपी कोरोना संक्रमणको विद्यमान अवस्थामा छोटो अवधिका लागि बोलाईने उहाँले प्रष्ट्याउनुभयो ।

विपक्षी दलहरुले पत्रकार सम्मेलन गर्दै बजेट अधिवेशन आह्वान गरि पूर्व बजेट छलफलको लागि ध्यानाकर्षण गराएको भोलीपल्ट उहाँले यस्तो बताउनुभएको हो ।

विपक्षी दलहरुले भने प्रदेशसभा नियमावलीको नियम ११८ को उपनियम (२) मा विनियोजन विधेयक प्रस्तुत गर्नुपूर्व वैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी अर्थ मन्त्रीले प्रस्ताव राख्ने व्यवस्था रहेको जिकिर गरेका छन् ।

उक्त नियमको उपनियम (४) मा उपनियम (२) बमोजिमको छलफल बैठकमा विनियोजन विधेयक प्रस्तुत हुनु भन्दा कम्तिमा १५ दिन पूर्व नै समाप्त भइसक्नु पर्ने उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker