प्रदेश १ मा ५२९ संक्रमण मुक्त, ८६५ थपिए

विराटनगर । प्रदेश १ मा पछिल्ला दिनहरुमा दैनिक संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ । यस प्रदेशमा आज ५२९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्ममा संक्रमुक्त यो नै सबैभन्दा उच्च हो ।

यस प्रदेशमा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका ४, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१ जना संक्रमित थपिएका छन् ।

सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीयतहनखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीयतहनखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमलगाउँ पालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका ४ र चैनपुरमा १, तेह्रथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका २, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीयतहनखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीयतहनखुलेका २ जना संक्रमित भएका हुन् ।

इलामको इलामनगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीयतहनखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका २, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । संक्रमितभएकामध्ये ३३ हजार ७४७ जना संक्रमण मुक्त भएका छन् । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker