युवाहरुको समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असई घाइते

धरान । युवाहरुको एक समूहले धरान १५ स्थित अस्थायी प्रहरी चोकीमा आज साँझ आक्रमण गरेका छन् । युवाहरुको खुकुरी प्रहारबाट चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

दुई जना युवालाई खोज्दै आएका युवाहरु को एक समुहले एक्कासी असई दाहालमाथि खुकुरी प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । युवा समूहबीच भएको ग्याङ फाइटमा भागेका दुई युवा प्रहरी चौकीभित्र पसेको एक प्रहरीले बताउनु भएको छ ।

प्रहरीका अनुसार ज्यान जोगाउन आएका २ जना युवालाई घटनाबारे सोधपुछ गर्दै गर्दा एक्कासी हतियारसहित युवाहरु पुगेका थिए । त्यसपछि २ जना युवालाई आक्रमण गर्न खोज्दा रोक्ने क्रममा असई सुमन दाहालमाथि आक्रमण भएको थियो । आक्रमण गर्नेहरुको पहिचान खुलिसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker