जन्मदिनको अवसरमा पुरु खनालद्धारा प्रेस संगठन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

 

चितवन : चितवनका युवा व्यवसायी तथा समाजसेवी पुरु खनालले प्रेस संगठन नेपाल चितवन शाखालाई स्वास्थ्य समाग्री सहयोग गर्नुभएको छ । गएको जेठ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा घोषणा गर्नुभएको स्वास्थ्य सामाग्री आज प्रेस संंगठनको कार्यालयमै आएर हस्तान्तरण गर्नुभएको हो । एचएण्डएस ग्रुपका अध्यक्ष समेत रहेका खनालले आज प्रेस संगठनको कार्यालयमा संगठनका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणी ज्ञवाली, सचिव राजेन्द्र आचार्य र सदस्य उर्गेन तामाङ्गको उपस्थितमिा पाच हजार पिस सर्जिकल माक्स र एक सय थान सेनिटाईजर सहयोग हस्तान्तरण गर्नुभएको हो । ६० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएका खनालले कोभिडको समयमा अग्रभागमा रहेर काम गरिरहेका पत्रकारलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आवश्यक परे थप सहयोग गर्ने पनि बताउनुभयो ।


स्वास्थ्य सामाग्री बुभ्दै केन्द्रिय कोषाध्यक्ष अधिकारीले संकटको घडिमा स्वास्थ्य सामाग्री सहयोग प्राप्त हुनुमा सबै पत्रकारको लागि खुसीको कुरा भएको भन्दै खनाललाई धन्यवाद दिनुभयो । यस्तै चितवन शाखाका अध्यक्ष ज्ञवालीले प्राप्त सहयोग चितवनका सबै पत्रकारहरुको हातहातमा पुर्याइने बताउनुभयो । कोरोना भाईरसको महामारीको समयमा व्यवसायी पनि आफै मारमा परेको समयमा पत्रकारलाई सम्झेर सहयोग गर्नुभएकोमा संगठनको तर्फबाट आभार समेत व्यक्त गर्नुभयो । खनाल उद्योग बाणिज्य संघ रत्ननगरका उपाध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश सदस्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिव लागयत विभिन्न दर्जन बढी संघसंस्थामा खनाल निरन्तर संक्रिय हुनुहुन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker