सुदुरपश्चिम प्रदेश सरकारमा रहेका एमाले तीन मन्त्रीलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्थायी कमिटीले दिएको निर्देशन अवज्ञा गरी सरकारबाट नबाहिरिएका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई स्पष्टिकरण सोधेको हो ।

एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलको संयूक्त हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा स्थायी कमिटीले दिएको निर्देशन पालना नगरेकाले कारबाही किन नगर्ने भन्दै मन्त्रीहरुलाई सोधेको उल्लेख छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker