तोकिएको समयमा निर्वाचन गराउन सबैलाई खोप लगाएर कोरोना नियन्त्रण गर्न सुरक्षा प्रमुखहरुको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको समयमा निर्वाचन गराउन सबैलाई खोप लगाएर कोरोना संक्रमण नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव शंकरदास बैरागी, गृहसचिव महेश्वर न्यौपाने, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीसँग बालुवाटार अहिलेकाो समसामयिक विषयमा छलफल गर्नु भएको थियो ।

कोरोना संक्रमणको चेनब्रेक गर्न निषेधाज्ञालाई थप कडाईका साथ कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले निदेृशन दिनुभएको थियो । सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन गराउन कोरोना संक्रमण मात्रै समस्या भएको प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker