संवैधानिक इजलासमा अधिवक्ता र महान्यायाधिवक्ता बिच विवाद, आजको सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौं । संवैधानिक इजलासमा रिट निवेदक पक्षका अधिवक्ता र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएको छ । विवादपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको हो ।

बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताउनुभएको थियो ।

विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिनुभएको थियो । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित, दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलास गठन गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker