राष्ट्रपतिले हतारमा गरेको निर्णाय अदालतले बदर गर्छ : सिटौला

काठमाडौं । संविधान मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिले हतारमा निर्णय लिएर प्रतिनिधिसभा भंग गरेकाले अदालतले बदर गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिले कसैसँग परामर्श नै नगरी निर्णय लिनु गलत भएको उहाँले बताउनु भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रियामा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न समय तोकेपछि प्रधानमन्त्रीको हैसियतमा केपी ओली गएर आधार प्रसतुत गर्नु नै गलत भएको उहाँको भनाई थियो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका नेताले होइन प्रतिनिधिसभाका सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नु पर्ने थियो जुन कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको सिटौलाले बताउनु भयो ।

प्रधानमन्त्रीले प्रस्तुत गरेको आधारमा जसपाको सांसदहरुको हस्ताक्षर नभई पार्टीको चिठ्ठी रहेकाले सभापति देउवालाई ३० दिनभित्र विश्वासको मत लिन नदिनु नै राष्ट्रपतिको भुल भएको उहाँको भनाई थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker