![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/05/Bidhya-Bhandari.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० कैदीलाई माफी दिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा १४ औं गणतन्त्र दिवसको अवसरमा माफी दिएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ती जारी गरी कैदीलाई माफी दिएको जनाएको छ ।