
सुजन काफ्ले।
दोलखा। जिल्लाको तामाकोसी गाउँपालिका ४ मालुका कोरोना सङ्क्रमितलाइ खाद्यान्न सामाग्री बितरण गरिएको छ।
लोकतान्त्रिक युबा क्लब मालुले २० घरपरिवारका कोरोना सङ्क्रमितलाइ खाद्यान्न सामाग्री बितरण गरेको हो।
सङक्रमितको घरघरमा पुगेर प्रत्येक परिवारलाई एक क्रेट अण्डा,एक दर्जन बिस्कुट , एक वटा हर्लिक्स , मिक्स गेडागुडी ३ केजि , साबुन, लगायतका खाद्यान्न सामग्री बितरण गरिएको क्लबका कोषाअध्यक्ष संतोष पोखरेलले जानकारी दिए।
थप घरपरिवारमा कोरोना सङ्क्रमित देखिए ती परिवारमा समेत खाद्यान्न सामाग्री बितरण गर्ने योजना रहेको कोषाअध्यक्ष पोखरेलले जनाए।
विभिन्न सामाजिक सेवामा क्रियाशिल रहदै आएको गोल्मेश्वर लोकतान्त्रिक युबा क्लबले स्वास्थ्य शिबिर लगायतका विभिन्न कार्यक्रम समेत गर्दै आएको छ। सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएको क्लब जिल्लामा नै चर्चित युबा क्लबको रुपमा परिचित रहेको छ।
