स्थानीय युवाहरुको सक्रियतामा खाध्य सामाग्री हस्तान्तरण

चितवन । नेपालमा कोभिड–१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड(१९) बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो क्रममा छ । यसको सबैभन्दा धेरै मार दैनिक काम गरेर खाने ज्यालादारी कामदारलाई परि रहेको छ । लकडाउनका कारण उनिहरुले कमाउन सकेका छैनन जसले गर्दा उनिहरुलाई घरपरिवारलाई बिहान बेलुकाको हातमुख जोर्न निकै गाह्रो भइरहेको छ ।

यसै विच यस समयमा विभिन्न सामाजिक संघसंस्थाहरुले यो महामारीको समयमा विभिन्न प्रकारका सहयोग गर्दै आएका छन । जसको निरन्तरता स्वरुप चितवनको खैरहनी नगरपालिका वडा नम्वर १३ का स्थानिय यूवाहरु विजय वोहरा, अशोक उदास , विकास दुवाडी, रञ्जन भण्डारी, देवराज नेपाल, नारायण अर्याल, राहुल शर्मा, किसन ढकाल, वुद्धिलाल श्रेष्ठ, गौतम अधिकारी, नशिव दाहाल लगायतको सक्रियतामा हर्नरी वैरिया र गवैका स्थानिय अतिविपन्न ,अशक्त, अपाङ्गहरुलाई खाध्य सामाग्री सहयोग गरेका छन् ।

बिपदको समयमा स्थानिय १० जना युवाहरुको सक्रियतामा संकलित रकमवाट स्थानिय १ सय घरधुरीलाई प्रति परिवार १ बोरा चामल ,दाल, नुन, तेल, सावुन वितरण गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker