
काठमाडौं । विपक्षी गठबन्धनले सरकारको असंवैधानिक र अलोकतान्त्रिक काम कारवाहीमा राज्यका सबै निकायलाई सहयोगी नहुन आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा आज वसेको कांग्रेस, माओवादी, मावकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको बैठकपछि संयूक्त विज्ञपती जारी गरी राज्यका सबै अंग र नियकायलाई सहयोगी नहुन आग्रह गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनना र १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने कुनै काम नगर्न सरकारलाई विपक्षी गठबन्धनले विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।
संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध भई सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन राजनीतिक दलका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई विज्ञप्तीमार्फत आह्वान गरेको छ ।