अमेरीकामा विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरीकामा विमान दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकाको टेनिसी पोखरीमा सेस्ना जेट विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुर्घटनामा परि विमानमा सवार सवैको मृत्यु भएको हो ।

सेस्ना सी५०१ विमान हिजो विहान दुर्घटनाग्रस्त भएको हो । प्रारम्भिक विवरण अनुसार स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको थियो । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker