एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बालुवाटारमा बोलाइएको छ । साँझ ५ बजे बोलाइएको बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने एमालेका एक नेताले बताउनुभयो ।

यसअघि बसेको बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसालसहित १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । यसअघि नै वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker