बेलबारीका कृषकलाई अष्ट्रेलियाका बोयर बाख्रा

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर आफ्ना कृषकहरुलाई वितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्यवसायीक फर्महरुलाई बाख्राका पाठा–पाठी बितरण गरेको हो । ५२ वटा बोका र ३८ वटा पाठी बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनुभयो ।

एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्ट्रेलिया बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बितरण गरीएको जानकारी दिँदै नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले यसले कृषकलाई आर्थिक सबलीकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको समेत उहाँले जानकारी दिनुभयो ।

समूह तथा र्फमहरुलाई सर्त राखेर बितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले जानकारी दिनुभयो । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधि बनाएको छ ।

यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान बाख्रापालनमा केन्द्रित हुन थालेको छ । बाख्राका पाठा–पाठी पाएपछि कृषकहरु खुसि भएका छन । माछा, दुध तथा अण्डामा आत्मनिर्भर भइसकेकोले भन्दै नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउने तयारीमा लागेको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker